image
image

ठमेल प्लाजा होटलले एक वर्षमा गर्‍यो ११ करोड २० लाख रुपैयाँ आम्दानी

काठमाडौँ, २९, वैशाख । ठमेल प्लाजा होटल सुइट प्रालिले एकै वर्ष ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२२ मा ११ करोड २० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ को जनवरीबाट सञ्चालनमा आएको होटलले सो वर्ष २ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । रमदा इन्कोर ब्रान्डमा चार तारे होटल काठमाडौंमा रहेको छ । ११७० स्क्वायरमिटर क्षेत्रफलमा फैलिएको होटलमा ९० वटा कोठा छन् ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७७ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये खाना र पेय पदार्थको ६८ प्रतिशत हिस्सा रहेको जनाएको । यस्तै, ३० प्रतिशत भने कोठाको अकुपेन्सीबाट भएको उल्लेख छ । कम्पनीले सन् २०२२ मा ४१.७८ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा भने घाटा व्यहोरेको थियो ।

त्यसैगरी, चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ करोड ३० लाख रुपैयाँको व्यापार भइसकेको कम्पनीले जनाएको छ । कम्पनीअनुसार सन् २०२३ को ९ महिनाको अवधिमा ६८ प्रतिशतले अकुपेन्सी बढेको छ । सन् २०२२ मा २८ प्रतिशतले मात्रै अकुपेन्सी ओगटेको थियो ।

९० कोठाको क्षमता भएको होटलमा आधुनिक एनिमिटिज, एफ एण्ड बी सर्भिस, स्वीमिङ पुल, स्पा, कन्फरेन्स हल र अन्य सुविधाहरु उपलब्ध छन् । शान्तिरमन पंगेनी अध्यक्ष रहेको कम्पनीको प्रबन्ध निर्देशक महेश फुयाल हुन् ।

वाइनधाम होटल एसिया प्यासिफिक कम्पनीसँग सम्झौता गरेर ठमेल होटलले फ्रेन्चाइज भित्र्याएको थियो । रमदा इन्कोर ब्रान्ड होटलको विश्वभर ८५० वटा होटल ६० भन्दा बढी देशमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।