प्री ओपन सेसन : २.२२ अंकले बढ्यो नेप्से
काठमाडौँ, ३१, वैशाख । प्री ओपन सेसनमा नेप्से परिसूचक २.२२ अंकले बढेर १८४०.८२ विन्दुमा पुगेको छ।
प्री ओपन सेसनमा ११ कम्पनीको ८५० कित्ता सेयर ५ लाख ४८ हजार ४०६ रुपैयाँमा खरिदबिक्री भयो।
कारोबारमा आएका ११ कम्पनीमध्ये ५ को मूल्य बढ्यो भने ५ को घट्यो। बाँकी एक कम्पनीको मूल्य स्थिर रह्यो।









