image
image

मोदी इनर्जीको आईपीओ बाँडफाँट

काठमाडौँ, ३१, वैशाख । मोदी इनर्जी कम्पनीले निष्कासन गरेको सेयर बाँडफाँट भएको छ । कम्पनीले आज आईपीओ बाँडफाँट गरेको छ ।

आईपीओमा आवेदन दिएका मध्ये ५ लाख ६१ हजार २२६ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले आवेदन दिएका थिए । त्यसबाट ६ हजार ५२८ जनाको आवेदन रद्द भएको छ ।

कम्पनीले वैशाख १९ देखि २४ गतेसम्म ३ लाख २२ हजार २८० कित्ता सेयर सामूहिक लगानी कोष, १ लाख २८ हजार ९१० कित्ता सेयर कर्मचारीका लागि निष्कासन गरेको थियो । यस्तै सर्वसाधारणका लागि ५५ लाख ५९ हजार ४२० कित्ता सेयर निष्कासन गरेको थियो । यस्तै २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय, ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

आईपीओको नजिता बिक्री प्रबन्धक सनराइज क्यापिटल, मोदी इनर्जीको, मेरो सेयर र सिडिएससीले आईपीओको नतिजा थाहा पाउन बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।