image
image

ढोरपाटनमा यस वर्षको सिकार याम सकियो, एउटा नाउरको राजस्व ७ लाख ८० हजार

काठमाडौँ, १, जेष्ठ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो ।

दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र ६ झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि ९ झारलको कोटा निर्धारण गरे पनि ३ झारलको सिकार भएन ।

हिमालयन सफारिज प्रालिबाट आएका ३ विदेशी सिकारीले यसपटक निर्धारित कोटामा ३ झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताए । बोलपत्र प्रक्रियाबाट छानिएका ७ कम्पनीमार्फत् ८ देशका पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा सिकार गरेका थिए ।

यस पटक सिकारीले एक नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ लाखदेखि ३ लाख १० हजारसम्म राजस्व तिरेका थिए । पहिलो याममा १ नाउरको २० लाख ५ हजार र झारलको ६ लाख रुपैयाँ राजस्व बुझाइएको थियो ।
सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

यस वर्षको पहिलो सिजनमा ८ नाउर र ६ झारलको सिकार कोटा निर्धारण गरिए पनि ७ नाउर र ५ झारलको सिकार भएको थियो । आरक्षमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् ।

अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।