image
image

वैशाखमा वैदेशिक लगानी प्रतिबद्धता एक अर्ब ६४ करोड

काठमाडौँ, १, जेष्ठ । वैशाख महिनामा डेढ अर्ब रुपैयाँ भन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागले जारी गरेको विवरणअनुसार एक महिनामा एक अर्ब ६४ करोड रुपैयाँ ८३ लाख २० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ ।

विभिन्न २८ वटा परियोजनाका लागि सो परिमाणमा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । यी परियोजना कार्यान्वयनमा आए एक हजार २ सय ७२ जनालाई रोजगारी मिल्ने विभागको भनाइ छ ।

यससँगै चालु आर्थिक वर्षको १० महिनामा उद्योग विभागमा हुने वैदेशिक लगानी प्रतिबद्धताको रकम २९ अर्ब ७४ करोड एक लाख ४३ हजार ७०४ रुपैयाँ पुगेको छ । सो लगानी प्रतिबद्धता २१९ वटा परियोजनाका लागि भएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।