image
image

विदेश अध्ययनका क्रममा नौं महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरियो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ४, जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेश अध्ययनका क्रममा नौं महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका छन्।

बिहीबार प्रतिनिधिसभामा सांसद् ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले विदेश अध्ययनका क्रममा आर्थिक वर्ष २०७९/०८० नौं महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको बताएका हुन्।

सांसद् न्यौपानेको प्रश्नको जवाफ दिने प्रधानमन्त्री दाहालले भने,‘सरकारी र सार्वजनिक शिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। सरकारी शिक्षालाई गुणस्तरीय बनाउन प्रतिबद्ध भई काम भइरहेका छन्। सबै सरकारी विद्यालयमा गुणस्तर र रोजगारमूलक शिक्षा प्रदान गरी स्वदेशमै रोजगारी दिन नीति परिवर्तन गर्ने योजना बनाइएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।