image
image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ, ५, जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु ३४ रुपैयाँ, सेतो आलु २७ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ८० रुपैयाँप्रति केजी रहेको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, तने बोडी २५ रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, लोकल सिमी ६० रुपैयाँ, भटमास कोसा ११० रुपैयाँ, तिते करेला ४० रुपैयाँ, लौका ४० रुपैयाँ, परवल ८० रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, घिरौंला ४० रुपैयाँ, भिण्डी ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, कन्यच्याउ ९० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ, बन्दा १० रुपैयाँ, कुरीलो ३०० रुपैयाँ, ब्रोकाउली ६० रुपैयाँ, लोकल काँक्रो ९० रुपैयाँ प्रति केजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११० रुपैयाँ, पालुंगो साग ११० रुपैयाँ, मेथिको साग ११० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ, हरियो प्याज ८० रुपैयाँ, रायो साग ४० रुपैयाँ, धनियाँ ५० रुपैयाँप्रति केजी तोकिएको छ ।

त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४० रुपैयाँ, भारतीय दसहरी आँप २२० रुपैयाँ, मौसम १५० रुपैयाँ, अनार २५० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, फूजी स्याउ २५० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ र मेवा नेपाली ६० रुपैयाँतोकिएको कालीमाटी फलफूलबजार विकास समितिले उल्लेख गरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।