image
image

साढे १४ अर्ब लगानीमा बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बन्ने

काठमाडौँ, ७, जेष्ठ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाको ४ र ५ वडामा बुढीगण्डकी प्रोक जलविद्युत आयोजना बन्ने भएको छ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ८१ मेगावाट क्षमतामा विद्युत उत्पादन गर्ने भएको हो ।

कम्पनीले आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको छ । प्रतिवेदनअनुसार आयोजना निर्माणका लागि १४ अर्ब ४७ करोड ७७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । उक्त आयोजना निर्माण भइसकेपछि १३.०५ प्रतिशत आन्तरिक दर प्रतिफल रहेको जनाएको छ ।

आयोजनाबाट वार्षिक प्रतिघण्टा ४५९.५४६ गिगावाट विजुली उत्पान गर्नेछ । जसमा सुख्खा मौसममा वार्षिक १३९.३११ गिगावाट आवर उर्जा र वर्षा मौसममा ३२०.२३५ गिगावाट आवर उर्जा उत्पादन गर्नेछ ।

आयोजनामा ३ वटा जेनेरेटर हुनेछ । उक्त जेनेरेटरको आवृति ५० हर्ज र ५०० आरपीएम गति हुनेछ भने ९८ प्रतिशत जेनेरेटरको कार्यकुशलता हुनेछ ।

कम्पनीअनुसार आयोजना ४ वर्षमा निर्माण सम्पन्न गर्ने प्रतिवेदनमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।