image
image

ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

काठमाडौँ, ७, जेष्ठ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (जेठ ८ गते) ३४ अर्ब ७० करोड २३ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले वैशाख ९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि १० अर्ब रुपैयाँ, ९१ दिनका लागि ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँ, १८२ दिनका लागि १२ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यी ट्रेजरी बिल क्रमशः २०८० असार ५ गते, भदौ ५ गते, मंसिर ५ गते र २०८१ जेठ ८ गते परिपक्व हुनेछन्। 

यी ट्रेजरी बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। 

बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।