image
image

लगातार चौथो दिन पनि शेयर बजार बढ्यो, १ अर्ब ६० करोड रुपैयाँको कारोबार

काठमाडौँ, ७, जेष्ठ । शेयर बजार लगातार चौथो दिन आज आइतवार पनि बढेको छ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से पाँच दशमलव ८८ अङ्कले बढेर एक हजार आठ सय ८३ दशमलव २० विन्दुमा पुगेको छ ।

आज विकास बैंक, फाइनान्स, जलविद्युत् र उत्पादन समूहको शेयर सामान्य घटे पनि अरू सबै समूहको शेयर उकालो लागेको छ । होटल र बीमा समूहको शेयर उच्च अङ्कले बढेको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज दुई सय ७३ वटा कम्पनीकाे ४८ लाख २८ हजार कित्ता शेयर एक अर्ब ६० करोड चार लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको छ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै राष्ट्रिय बीमा संस्थान र आत्मनिर्भर लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज आदर्श लघुवित्तको शेयर सबैभन्दा धेरै साढे छ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।