सुख्खा पहिरो खस्दा सडक अवरुद्ध
रसुवा। रसुवाको पासाङ ल्हामु राजमार्गमा गएराती सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । पासाङ ल्हामु राजमार्गको स्याफ्रु-भारखु खण्डमा याङयाङ खोला नजिकै सडक अवरुद्ध हुँदा यातायात सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
अवरुद्ध सडकमा सवारी साधन सञ्चालनमा आउन नसक्दा काठमाण्डौतर्फ आउने यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । सडक अवरुद्ध हुदा रसुवाको उत्तरी क्षेत्रबाट काठमाण्डौतर्फ जाने दैनिक सवारी साधन तथा चीनबाट ल्याईएका सामाग्री बोकेका माल बाहक कन्टेनरहरु समेत बाटामै रोकिएका छन् ।
सडकमा ठुला चट्टान भएकाले अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउनका लागी केहि समय लाग्ने प्रहरीले जनाएको छ ।