image
image

सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घट्यो

काठमाडौँ, १४, जेष्ठ ।आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँ कायम भएको थियो । आइतबार प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएकोमा आइतबार १३ सय ६० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।