image
image

सुनको भाउ हालसम्मकै उच्च

काठमाडौँ, १७, जेष्ठ । नेपाली बजारमा बुधबार सुनको भाउले फेरि नयाँ कीर्तिमान कायम गरेको छ। 

आज सुनको भाउ तोलमै १ हजार ५०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको आजको भाउ हालसम्मकै उच्च हो। यसअघि गत वैशाख २१ गते सुनको भाउले नयाँ उचाइ चुमेको थियो। त्यतिबेला छापावाल सुन१ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। 

हिजो पनि सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको थियो। 

बजेट सुनको भन्सार दर बढाएको मूल्य बढेको महासंघले जनाएको छ। 

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।