image
image

सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै

काठमाडौँ, १८, जेष्ठ । सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । जसअनुसार नेपाल राष्ट्र बैंकले आज बिहीबार (जेठ १८ गते) १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले जेठ १९ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा आज दिउँसो ३ बजेसम्म बोलकबोल हुनेछ । 

विकास ऋणपत्र २०८५ ‘झ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ५ वर्षको छ । जसअनुसार २०८० जेठ १९ गते जारी मिति तोकिएको यस ऋणपत्र २०८५ जेठ १९ गते परिपक्व हुनेछ । ऋणपत्र सर्वसाधारण नागरिक, बैंक तथावित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी तथा संगठित संस्थाहरुले खरिद गर्न सक्नेछन् । 

ऋणपत्र धितो राखेर बैंक तथा फाइनान्स कम्पनीबाट कर्जा लिनदिन पनि पाइनेछ । यसको ब्याजदर भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ । ब्याजदर बोलकबोलकको मध्यमबाट निर्धाराण हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने केन्द्रीय बैंकले जनाएको छ । 

प्रतिस्पर्धी र अप्रतिस्पर्धी समूहभित्र रहेर ऋणपत्र बिक्री गर्न लागिएको हो । प्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको ८५% अर्थात् ८ अर्ब ५ करोड रुपैयाँ र अप्रतिस्पर्धी बोलवालालाई निष्कासित रकमको १५% अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्याइएको छ । नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारमा पनि यस ऋणपत्र कारोबार हुन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।