image
image

लगातार तीन दिनमा १०९ अंक घटेको सेयर बजारमा बिहीबार १६ अंकको सुधार

काठमाडौँ, १८, जेष्ठ । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि घटेको बजार आज भने दोहोरो अंकले बढेको छ । बजेटमा गरेको आयकरको व्यवस्थापछि घटेको बजारमा आन्तरिक राजस्व विभागले पटके कारोबारमा ५ र साढे ७ प्रतिशत नै अन्तिम लाभकर हो भनेर पछि बढेको छ ।

आगामी आवको बजेट आएपछि लगातार तीन दिन १०९ अंकले घटेको बजार सेयर कारोबारका लागि अन्तिम दिन बिहीबार १६.५४ अंकले बढेको छ । बजार १६.५४ अंकले बढेर परिसूचक १८६६.३४ बिन्दुमा रोकिएको छ ।

२७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ४८ हजार ९२२ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ६.९६, विकास बैंक १८.६१, वित्त कम्पनीको ११.५१, होटल ५४.६५, जलविद्युत ३१.८३, जीवन बीमा ८५.६५, उत्पादन तथा प्रशोधन २४.४०, निर्जीबन बीमा समूहको उपसूचक १६९.३९ अंकले बढेको छ ।

कारोबारमा जोशी हाईड्रोपावर, बीपीडब्लू लघुवित्त, एशियन हाईड्रो, पाँचथर पावर कम्पनी, नेरुडे लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस्तै आत्मनिर्भर लघुवित्त, माइ खोला हाईड्रोपावर, सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।