image
image

आज अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौँ, १९, जेष्ठ । अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ भर्ने आज जेठ १९ गते  अन्तिम दिन रहेको छ। 

कम्पनीले गत जेठ १ गतेदेखि विदेशमा रहेका नेपाली श्रमिक र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत जेठ १६ गतेसम्म आईपीओ भर्न पाउने व्यवस्था गरिएको थियो। स्थानीयलाई म्याद थप गरेर आज जेठ १९ गते बैंकिङ समयसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको हो। 

कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड २० लाख रुपैयाँबराबरको आईपीओ स्थानीयका लागि जारी गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गरेको छ। 

यो आईपीओमा लमजुङ जिल्ला मर्स्याङ्दी गापा (साबिक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९) का स्थानीयले आवेदन दिन पाउनेछन्। 

यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ६ लाख ५० हजार रुपैयाँबराबरको सेयर विदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिसकेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६५ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन थियो। 

स्थानीयले यो कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। स्थानीयले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक, एनएमबि बैंक र हिमालयन बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यो कम्पनीको आर्यपीओ बिक्री प्रबन्धमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।