image
image

एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार भन्दा बढीले वृद्धि

काठमाडौँ, २१, जेष्ठ । पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रुपियाँले बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला एक लाख आठ हजार एक रुपियाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन शुक्रबार तोलामा पाँच हजार दुई सय रुपियाँले बढेर एक लाख १३ हजार तीन सय रुपियाँमा कारोबार भएको हो । 

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत गत सोमबार सुनको भन्सार महसुल बढाइएसँगै सुनको मूल्य बढेको हो । बजेटमा १५ प्रतिशत सुनको भन्सार बढेको छ । भन्सार दर बढेसँगै निरन्तर रूपमा सुनको मूल्य बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भन्सार दर बढेका कारण सुनको मूल्य ह्वात्तै बढेको जानकारी दिनुभयो । भन्सार महसुल बढेका कारण तोलामा सात हजार रुपियाँसम्म मूल्य बढ्ने उहाँले जानकारी दिनुभयो । सरकारले विलासिताको वस्तु भन्दै बजेटमार्फत भन्सार वृद्धि गरेको थियो ।

गत आइतबार र सोमबार प्रतितोला एक लाख आठ हजार एक सय रुपियाँमा कारोबार भएको सुनको मङ्गलबार एकै दिन तोलामा दुई हजार छ सय बढेर एक लाख १० हजार पाँच सय पुगेको थियो । 

बुधबार पुनः तोलामा एक हजार पाँच सय बढेर एक लाख १२ हजार रुपियाँ पुगेको महासङ्घले जनाएको छ । बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १३ हजार पुगेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।