image
image

सुनको भाउ आज १७ सय रुपैयाँले घट्यो

काठमाडौँ, २१, जेष्ठ । सुनको भाउ आज १ हजार ७ सय रुपैयाँले घटेको छ । लगातार भाउ बढेर सुन अहिलेसम्मकै महँगो भएको थियो । अस्ति तोलामा १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको सुनको भाउ आज १ लाख ११ हजार ६ रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आइरहेकाले नेपाली बजारमा पनि थपघट भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  अस्ति ताेलाको १ लाख १३ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ अघिल्लो दिन बिहीवार १ लाख १२ हजार ५ सय रुपैयाँ थियो । बुधवार तोलामा १ लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।