image
image

यस्तो छ आज तरकारी तथा फलफुलको बजार भाउ

काठमाडौँ, २२, जेष्ठ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार ठुलो गोलभेडा  (नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेडा (भारतीय) ३६ रुपैयाँ ६७ पैसा, गोलभेडा (लोकल) १५ रुपैयाँ ८० पैसा, रातो आलु ४५ रुपैयाँ २० पैसा, रातो आलु (भारतीय) ३५ रुपैयाँ २० पैसा, रातो आलु (मुडे) ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ ।

उता, सुकेको प्याज (भारतीय) ५९ रुपैयाँ २० पैसा, लोकल गाजर ९५ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, रातो बन्दा, हरियो प्याज, घिरौला र लोकल सिमी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३६ रुपैयाँमा खरिद बिक्री भइरहेको ५ भने भन्टा डल्लो, मकै बोडी, लौका र तराई परवर ६६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी र लोकल परवर ७५ रुपैयाँ, भटमासकोशा ११५ रुपैयाँ, तितो करेला, फर्सी र रायोको साग ४५ रुपैयाँ तोकिएको छ । 

 

त्यस्तै, चिचिण्डो र रुख कटहर प्रतिकेजी ३५ रुपैयाँ, सलगम, न्यूरो, हरियो लसुन, गान्टे मूला, ग्याठ कोबी, जिरीको साग र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७६ रुपैयाँ, स्कूस ५६ रुपैयाँ, तामा, सौफ, पालूगो, मेथी र चमसूरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरीलो २३३ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ ।

ब्रोकाउली ८६ रुपैयाँ, सजिवन ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदीना १७० रुपैयाँ, इमली १३५ रुपैयाँ, तोफु ११६ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, कागती १६५ रुपैयाँ, अनार ३८३ रुपैयाँ ३३ पैैसा, मालदह आँप ९५ रुपैयाँमा किनबेच हुनेछ भने दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १६५ रुपैयाँ, जुनार २१० रुपैयाँ, लोकल काक्रो १०५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, लिच्ची (भारतीय) २२३ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तै, किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २५५ रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २३८ रुपैयाँ, सुकेको नेपाली लसुन १७० रुपैयाँ, रहु माछा ३२३ रुपैयाँ ३३ पैसा र मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।