image
image

शेयर बजार साढे २५ अङ्कले बढ्यो, झण्डै दुई अर्ब रुपैयाँको कारोबार

काठमाडौँ, २३, जेष्ठ । हिजो दोहोरो अङ्कले घटेको शेयरबजार आज दोहोरै अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ६६ अङ्कले बढेर एक हजार नौ सय २७ दशमलव ६५ बिन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेकोमा होटल र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ६९ वटा कम्पनीका ५५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब ९८ करोड १० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको नौ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सबैभन्दा धेरै न्यादी जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशत र सोल्टी होटलको शेयर झण्डै नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर साढे दुई प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।