image
image

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ, २४, जेष्ठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज बुधवार ठुलो गोलभेँडा (नेपाली) २२ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा (भारतीय) ४६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेँडा १५ रुपैयाँ, रातो आलु ४७ रुपैयाँ तोकिएको छ भने रातो आलु (भारतीय) ३७ रुपैयाँ, मुडेको आलु ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३७ रुपैयाँ, लोकल गाजर १०६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा १२ रुपैयाँ ४० पैसामा किनबेच हुनेछ ।

स्थानीय काउली, लौका, तने बोडी, हरियो प्याज र भेडे खुर्सानी ६५ रुपैयाँ, ज्यापु काउली ८५ रुपैयाँ, रातो मूला र लाम्चो हरियो फर्सी ४५ रुपैयाँमा खरिद बिक्री हुँदा लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटर कोसा १७५ रुपैयाँ, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, भटमास कोसा १४० रुपैयाँमा पाइनेछ ।

उता, परवल ९५ रुपैयाँ, चिचिन्डो ३५ रुपैयाँ, घिरौँला ५५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७४ रुपैयाँ, स्कूस ५६ रुपैयाँ ६७ पैसा, पालूगो, चमसूर, मेथी र सौफको साग ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै, तोरीको साग प्रतिकेजी ३६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६६ रुपैयाँ, डल्ले च्याउ १५४ रुपैयाँ, कुरिलो २३३ रुपैयाँ ३३ पैसा, न्युरो ७६ रुपैयाँ ६७ पैसामा किनबेच हुनेछ भने ब्रोकाउली ९६ रुपैयाँ ६७ पैसा, चुकन्दर ७५ रुपैयाँ, सजिवन ९६ रुपैयाँ ६७ पैसा, जिरीको साग ७६ रुपैयाँ, ग्याठ कोबी ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदिना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइनेछ ।

यसैगरी, कागती १६७ रुपैयाँ ५० पैसा, अनार ३९३ रुपैयाँ ३३ पैसा, मालदह आँप ८६ रुपैयाँ, दसहरी आँप ९३ रुपैयाँ ३३ पैसा, मौसम १९० रुपैयाँ, लोकल काँक्रो ११६ रुपैयाँ, रुख कटहर ३६ रुपैयाँ ६७ पैसा, किवी ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, लोकल लिची १३३ रुपैयाँ ३३ पैसा, अदुवा २४५ रुपैयाँ, अकबरे खुर्सानी २२५ रुपैयाँ, सुकेको लसुन (नेपाली) २१० रुपैयाँ, सुकेको लसुन (चाइनिज) २३७ रुपैयाँ ५० पैसामा किनबेच भइरहेको छ ।

रहु माछा ३२२ रुपैयाँ ५० पैसा, बचुवा माछा २६० रुपैयाँ र मुंगरी ताजा माछा ३३० रुपैयाँ खरिद गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।