image
image

२० अर्ब १२ करोड लागतमा १३२ मेगावाट क्षमताको तल्लो वरुण हाइड्रोपावर बन्दै

काठमाडौँ, २४, जेष्ठ । कोशी प्रदेशस्थित संखुवासभाको भोटखोला गाउँपालिकामा १३२ मेगावाट क्षमताको तल्लो वरुण जलविद्युत आयोजना निर्माण हुने भएको छ । विद्युत विकास विभागले भोटखोला गाउँपालिकामा रहेको वरुण खोलाको पानी उपयोग गर्दै १३२ मेगावाट क्षमताको जलविद्यूत आयोजना निर्माण गर्न लागेको जनाएको छ ।

यो आयोजनाको निर्माण गर्न एम्पिक इनर्जी कम्पनीले विभागमा दरखास्त दिएको हो । नदी बहावमा आधारित आयोजनाको जडित क्षमता १३२ मेगावाट तथा वार्षिक सरदर ४९४.४८२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ ।

विद्युत उत्पादनका लागि निर्माण हुने बाँध स्थलबाट प्रत्येक महिना नदीको बहावको ५० प्रतिशत पानी छाड्ने प्रस्ताव गरिएको आयोजनाको ग्रसहेड ८५३ मिटरको रहेको छ । वरुण खोलाको पानी फर्काउनका लागि खोलामा २० मिटर चौडाइ र ५ मिटर उचाइ भएको बाँध निर्माण गरिनेछ ।

आयोजना निर्माणका लागि ५ वर्षको समय लाग्ने बताइएको छ । अनुमानित लागत २० अर्ब १२ करोड ८७ लाख रुपैयाँमा यो आयोजना निर्माण गरिनेछ । आयोजनाबाट उत्पादित विद्युतलाई १.७३३ किमी लामो २२० केभीको प्रसारण लाइनमार्फत माथिल्लो अरुण जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।