image
image

५ अर्बले बढ्यो निक्षेप संकलन, सीडी रेसियो घट्यो

काठमाडौँ, २४, जेष्ठ । बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ५ अर्बले बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको तथ्यांक अनुसार २२ जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ३० अर्ब रुपैयाँ निक्षेप रहेको छ। २१ जेठसम्म बैंकहरूको निक्षेप ५५ खर्ब २५ अर्ब रुपैयाँ रहेको थियो।

यसै अवधिमा वाणिज्य बैंकहरूको निक्षेप ४ अर्बले बढेर ४८ खर्ब ८० अर्बमा पुगेको छ। २१  जेठसम्म वाणिज्य बैंकहरूको निक्षेप ४८ खर्ब ७६ अर्ब रहेको थियो। यता, बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी पनि बढेको छ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ३ अर्बले बढेर ४८ खर्ब ५४ अर्बमा पुगेको छ। २१  जेठसम्म बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ४८ खर्ब ५१ अर्ब रुपैयाँ रहेको थियो।

यता, बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियो भने घटेको छ। बैंक तथा वित्तीय संस्थाको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४.४९ प्रतिशत रहेको छ। २१  जेठसम्म बैंक तथा वित्तीय संस्थाको सीडी रेसियो ८४.५२ प्रतिशत थियो। साथै बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर पनि घट्दै गएको छ। अहिले अन्तरबैंक ब्याजदर ६.७५ प्रतिशतबाट घटेर ६.६६ प्रतिशत कायम भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।