image
image

कान्तिपुर टेलिभिजनले ९ महिनामा गर्‍यो २१ करोड आम्दानी

काठमाडौँ, २४, जेष्ठ । कान्तिपुर मिडिया ग्रुपको कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड (केटीभी) ले ९ महिनामा २१ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा २१ करोड रुपैयाँ आम्दानी गरेको हो । त्यस्तै, कम्पनीले सन् २०२२ मा ३७ करोड ८० लाख, सन् २०२१ मा ३२ करोड ४० लाख, सन् २०२० मा ३१ करोड २० लाख र सन् २०१९ मा ३७ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको आम्दानी चालू आर्थिक वर्षको ९ महिनामा गत वर्षको तुलनामा २५ प्रतिशतले घटेको हो । यो वर्ष आर्थिक मन्दीले विज्ञापन घट्दा आम्दानी र नाफा दुबै घटेको उल्लेख छ । कम्पनीले सन् २०२२ मा ३१ प्रतिशत नाफा बढाएको थियो । तर, यो वर्षको ९ महिनाको अवधिमा २२ प्रतिशत मात्र नाफा बढाएको छ ।

सन् २००० मा स्थापना भएको कम्पनी सन् २०२१ को जुलाईमा पब्लिक कम्पनीमा परिणत भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओे जारी गर्ने तयारी गरेको छ । कम्पनीले टेलिभिजनसँगै प्रिन्ट, इलेक्ट्रोनिक र रेडियो स्पेक्ट्रम कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल कान्तिपुर टेलिभिजन र कान्तिपुर सिनेप्लेक्स एचडी सञ्चालनमा छन् । कैलास सिरोहियाको २९ प्रतिशत हिस्सा रहेको कम्पनीमा ११ जनाको स्वामित्व छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।