image
image

नेपाल रिपब्लिक मिडियाको आईपिओ आजदेखि बिक्री खुला

काठमाडौँ, २६, जेष्ठ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज जेठ २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ । कम्पनीले  आम सर्वसाधारणलाई ३५ लाख २५ हजार ९ सय ३० कित्ता शेयर निष्काशन गरेको हो ।

यस निष्काशनमा जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५०० कित्ताको लागि आवेदन दिनु पर्ने छ  । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले  कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ४ लाख ३५ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै कम्पनीका कर्मचारीलाई १ लाख ७४ हजार १ सय २० कित्ता शेयर, र  सामुहिक लगानी कोष योजनाहरुलाई २ लाख १७ हजार ६ सय ५० कित्ता शेयर पनि कम्पनीले बाँडफाँड गरिसकेको छ  ।

 नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख ११ गते आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।  कम्पनीले कार्तिक २ गते शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

 

बोर्डबाट अनुमति पाएसंगै  कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले कुल ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पुंजीको ४४.९९ प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

 नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

पछिल्लो समय मिडियाहरु पनि शेयर निष्काशन गर्न तयारी गरिरहेका छन् । कान्तिपुर मिडिया र जनता टेलिभिजनले पनि आईपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।