image
image

ट्रेजरी बिलको बोलकबोल भोलि गर्दै राष्ट्र बैंक

काठमाडौँ, २८, जेष्ठ । नेपाल राष्ट्र बैंकले भोलि (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।

बैकले आउदो मंगलबारदेखि जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेदेखि अनलाइन मार्फत बोलकबोल हुने छ । उक्त बोलकबोलमा सर्वसाधारण, सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरु तथा संगठित संस्थाहरु सहभागी हुन पाउन्छन् ।

ट्रेजरी बिलको बोलकबोलमा सबैभन्दा बढी मूूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग बिलको बाँडफाँड हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।