नेप्सेमा छायो हरियाली
काठमाडौँ, २८, जेष्ठ । कारोबारको पहिलो दिन शेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ३९ अंकले बढेर १९७८ को विन्दुमा कायम भएको छ ।
लगानीकर्ताहरुले माग राख्दै आइरहेको पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने माग सम्बोधन भएपछि पुँजीबजारमा एकाएक सुधार देखिन थालेको हो । आज नेप्सेमा सूचीकृत २७५ कम्पनीको ९४ लाख २६ हजार ६४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । सर्वाधिक फाइनान्स इन्डेक्स ५.७२ प्रतिशत र लगानी इन्डेक्स ५.११ प्रतिशतले बृद्धि भएको छ ।










