image
image

ट्रेजरीमार्फत साढे २८ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौँ, २९, जेष्ठ । सरकारले आगामी मंगलबार ट्रेजरी बिलमार्फत साढे २८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । २८ दिने, ९१ दिने १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरीमार्फत केन्द्रीय बैंकले उक्त ऋण उठाउने भएको हो । 

राष्ट्र बैंकका अनुसार मंगलबार अर्थात् जेठ ३० गते निष्कासन हुने २८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको सोमबार अर्थात् जेठ २९ गते सार्वजनिक बोलकबोल हुनेछ । 

इचछुक लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूले सोमबार दिउँसो ३ बजेसम्म ट्रेजरीका लागि आवेदन दिन सक्नेछन् । केन्द्रीय बैंकका अनुसार कूल ट्रेजरी मध्ये २५ अर्ब रुपैयाँ पुरानै बराबरको पुरानो ट्रेजरी नवीकरण गरेर बाँकी रहेको ३ अर्ब ५० करोड रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको हो । 

बैंकका अनुसार कूल निष्कासन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ । 

यसअघि बैंकले जेठ २२ गते ३० अर्ब ८७ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।