image
image

थ्रीस्टार हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

काठमाडौँ, २९, जेष्ठ । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड पश्चात सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । सो आईपीओमा न्यूनतम १० कित्तादेखि ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । 

कम्पनीको आईपीओमा छिटोमा असार ८ गतेसम्म बिक्री खुल्ला रहने छ । उक्त अवधि भित्रमा शेयर बिक्री नभएमा ढिलोमा असार १९ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।