image
image

शेयरबजारमा झिनो अंकको सुधार, अन्य उपसुचक कस्तो ?

काठमाडौँ, २९, जेष्ठ । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको सुधार देखिएको छ ।

 नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से सामान्य अंकले बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घट्न पुगेको छ । आज शेयरबजारमा जम्मा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमास सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पोने ३ अर्बको कारोबार भएको हो ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।

सर्वाधिक होटल तथा पर्यटन उपसूचकको आज १०.७८ प्रतिशतले बढेको छ । होटल कम्पनीहरुको शेयरमूल्यमा आज उछाल आएको छ । त्यस्तै, यता फाइनान्स उपसूचक सर्वाधिक ०.९६ प्रतिशतले घट्न पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।