image
image

अप्पर स्याङ्गे हाईड्रोपावरको आइपीओ बाँडफाँड

काठमाडौँ, ३१, जेष्ठ । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले स्थानीय बासिन्दाहरुको लागि यहि जेठ १ गतेदेखि १९ गतेसम्म जारी पुँजी २२ करोड रुपैयाँको १० प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको थियो । जसअनुसार कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो । उक्त आइपीओमा लमजुङ्ग जिल्ला मस्र्याङ्गदी गा।पा। साविक घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडाँ गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८, सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिएका थिए ।

सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ६ लाख ५० हजार रुपैयाँ बराबरको शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको थियो । जसअनुसार प्रतिसेयर १ सय अंकित दरले ६५ हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो । जसमा अन्तिम समयसम्ममा रितपुर्वक आवेदन दिने ६ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेभसाइट जततउकस्ररधधध।कष्ममजबचतजबअबउष्तब।िअयmर  अथावा, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वेभसाईट  जततउकस्ररष्उयचभकगति।अमकअ।अयm।लउर   मार्फत हेर्न सकिने छ ।

त्यस्तै, बिक्री प्रबनधकका अनुसार यहि जेठ ३२ गतेदेखि सम्बन्धित आवेदकहरुले आफुले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता गरिने व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।