image
image

पाटेबाघको छालासहित चारजना पक्राउ 

काठमाडौँ । बाँके प्रहरीले पाटे बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । बैजनाथ गाउपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डमा बाघको छाला र हड्डीको कारोबार भइरहेको अस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुर्खेत बिरेन्द्रनगर नगरपालिका– ११ का ५० वर्षीय गंग बहादुर खत्री, सोही गाउँका २० वर्षीय प्रकाश खत्री, दैलेख भगवतीमाई गाउँपालिका–४ का ३९ वर्षीय चन्द्र अधिकारी र जुम्ला तिला गाउँपालिका–४ का ३८ वर्षीय जयलाल नेपाली छन्।

प्रहरीले चेकजाँचका क्रममा चिसापानीबाट कोहलपुरतर्फ पैदल आउँदै गरेका उनीहरूलाई पक्राउ गरिएको जनाएको छ। उनीहरूले बोकेको झोलामा पाटे बाघको छाला एक र गंग बहादुरको हातमा रहेको प्लाष्टिकको बोरामा बाघको जस्तो देखिने हड्डी साढे दुई किलोग्राम  फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि बाँके राष्ट्रिय निकुञ्जको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ। 

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।