image
image

एघार अर्बले घट्यो वैदेशिक लगानी

काठमाडौँ, ३२, जेष्ठ । विश्व अर्थतन्त्रमा देखिएको सङ्कटको प्रभाव नेपाल भित्रिने वैदेशिक लगानीमा पनि देखिएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को १० महिना (वैशाख) सम्म नेपाल भित्रिने त्यस्तो लगानी करिब ११ अर्ब रुपियाँले घटेको पाइएको हो । 

बैङ्कको तथ्याङ्क अनुसार वैशाखसम्म नेपालले छ अर्ब १६ करोड २९ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी प्राप्त गरेको छ । जब कि गत आर्थिक वर्षको वैशाखसम्म १७ अर्ब आठ करोड ८९ लाख रुपियाँ विदेशी लगानी भित्रिएको थियो । 

विश्व अर्थतन्त्रमा देखिएको सङ्कटका कारण समग्र लगानी प्रभावित भइरहेको विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ मा उल्लेख गरेको छ । रुस–युक्रेन युद्ध, कोभिड सङ्क्रमणपछिको बाँकी रहेको पुनरुत्थान, आयातको शृङ्खलामा देखिएको अवरोध, मुद्रास्फीति जस्ता कारण धेरै देशहरुले मौद्रिक नीतिमा अख्तियार गरेको कडाइले पनि लगानी प्रभावित भएको विश्व बैङ्कको निष्कर्ष छ । विकसित देशहरूले लिएको यस्तो नीतिका कारण खास गरी विकासोन्मुख मुलुकमा लगानी घटिरहेको उल्लेख छ । 

कोभिड सङ्क्रमणका कारण सामान्य घटेको वैदेशिक लगानीमा बिस्तारै सुधार देखिए पनि चालु वर्ष भने निकै प्रभावित भएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाउँछ । जस अनुसार गत आर्थिक वर्षभर नेपालले १९ अर्ब २१ करोड रुपियाँ वैदेशिक लगानी प्राप्त गरेकामा त्यसअघि २०७७/७८ मा १९ अर्ब ९० करोड रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो तर चालु वर्ष सकिँदासम्म पनि वैदेशिक लगानी उल्लेख्य बढ्ने आधार नदिएकाले यस वर्ष मुलुकका लागि वैदेशिक लगानीको क्षेत्र खास उपलब्धिमूलक रहने देखिएको छैन । 

एक अर्ब ८० करोड बाहिरियो

वैदेशिक लगानी घटे पनि चालु आवको वैशाखसम्म वैदेशिक लगानीबापतको लाभांश तथा मुनाफा फिर्ताबापत एक अर्ब ८० करोड ७३ लाख रुपियाँ बाहिरिएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३०८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा ४४ करोड २० लाख रुपियाँ लाभांशबापत बाहिरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।