image
image

सुनको मूल्य तोलामा ८०० सय रुपैयाँले घट्यो

काठमाडौँ, ३२, जेष्ठ । बिहीबार सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर १ लाख ११ हजार रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजाबी सुन यसअघि प्रतितोला १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार हुनेछ । 

यता, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँ घटेको महासङ्घले जनाएको छ । 

बुधबार प्रतितोला १ हजार ४२५ रुपैयाँ पर्ने चाँदीलाई बिहीबार १ हजार ४०५ रुपैयाँ मात्रै पर्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।