image
image

उतारचढाव बीच नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौँ, ३२, जेष्ठ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । दिनभर जसो थपघट भइरहेको बजार अन्तिममा ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकियो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ । आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (४.५६ प्रतिशत)ले कमाएका छन् । बिहीबार सिटी होटलको कारोबार सकारात्मक सर्किटमा भएको छ । यसको मूल्य प्रतिकित्ता १७८.७० रुपैयाँ पुगेको छ । अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

भूगोल इनर्जी, मल्टीप्रपोज फाइनान्स, मिर्मिरे लघुवित्त, साधना लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्ट, सोल्टी होटेल, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको कारोबार धेरै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।