image
image

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ असार १० देखि खुल्ने

काठमाडौँ, १, असार । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको साधारण सेयर असार १० गतेदेखि खुल्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीको जारी पूँजी २२ करोड रुपैयाँको २९.५५ प्रतिशतले हुन आउने ६ करोड ५० लाख रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५० हजार कित्ता साधारण सेयरको १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि, ५ प्रतिशत सामूहिक लगानी कोषलाई र २ प्रतिशत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ५ लाख ३९ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गर्न लागेको हो।

कति दिने आवेदन ?

न्यूनतम १० कित्ताका र अधिकतममा १ लाख कित्ता सम्म आवेदन दिन सक्नेछन्।

कहिलेसम्म दिने आवेदन ?

असार १० देखि असर १३ 

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

रेटिङ्ग 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रोजेक्ट र लागत 

२.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरिरहेको छ। 

कुल अनुमानित लागत ५० करोड ४८ लाख रुपैयाँ रहेको छ देखिएको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रुपैयाँ रहेको छ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७४ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.९१ वर्ष रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।