image
image

आजको तरकारी मूल्य कति ?

काठमाडौँ, ४, असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज नेपाली गोलभेडा (ठूलो) प्रतिकेजी ३३ रुपैयाँ ६० पैसा, ठुलो गोलभेँडा (भारतीय) र तराई परबर ४५ रुपैयाँ, सानो गोलभेडा (टनेल) ८ रुपैयाँ, रातो आलु ४४ रुपैयाँ, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ, लोकल गोलभेडा प्रतिकेजी १०५ रुपैयाँ रहेको छ ।

यस्तै, लोकल बन्दा १२ रुपैयाँ ४० पैसा, स्थानीय काउली, सखरखण्ड, मालदह आँप र हरियो खुर्सानी ७५ रुपैयाँ, ज्यापु स्थानीय काउली ९६ रुपैयाँ ६७ पैसा, रातो मूला ३६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला ९ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३२ रुपैयाँ ५० पैसा तोकिएको छ ।

तने बोडी, लोकल परबर र लौका ५५ रुपैयाँ, मकै बोडी ४६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी २५ रुपैयाँ, हाइब्रीड घिउ सिमी ३६ रुपैयाँ ६७ पैसा, टाटे सिमी ९६ रुपैयाँ, भटमासकोशा ११० रुपैयाँ, तितो करेला ३४ रुपैयाँ, चिचिन्डो, घिरौला, स्कूस, डल्लो हरियो फर्सी र माछे हरियो खुर्सानी ३५ रुपैयाँ, झिगूनी ४३ रुपैयाँ ३३ पैसामा किनबेच भइरहेको छ ।

यसैगरी, पाकेको फर्सी ४८ रुपैयाँ ३३ पैसा, लाम्चो हरियो फर्सी ३० रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, भिण्डी र रातो बन्दा ६५ रुपैयाँ, सलगम ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ३६ रुपैयाँ ६७ पैसा, पालूगो साग १०३ रुपैयाँ ३३ पैसा, मेथी, सौफ र चमसूरको साग १०५ रुपैयाँ, तोरीको साग २७ रुपैयाँ ५० पैसा, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसा, बकुला १५५ रुपैयाँ, कन्य च्याउ प्रतिकेजी १५६ रुपैयाँ रहेको छ ।

यस्तै, डल्ले च्याउ ३२४ रुपैयाँ, कुरिलो २८३ रुपैयाँ ३३ पैसा, निगुरो ८६ रुपैयाँ ६७ पैसा, सजिवन ८५ रुपैयाँ, जिरीको साग ५६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदीना १३५ रुपैयाँ, इमली १३६ रुपैयाँ ६७ पैसा, तोफु १०६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, फुजी स्याउ २९३ रुपैयाँ ३३ पैसा, केरा १६४ रुपैयाँ, अनार ४२५ रुपैयाँ, हरियो तरबुजा ४२ रुपैयाँ ५० पैसा, मौसम १९० रुपैयाँ, जुनार २१० रुपैयाँ, भुइँ कटहर प्रतिगोटा १९३ रुपैयाँ ३३ पैसा, रूख कटहर ७० रुपैयाँ, लोकल लिच्ची १३५ रुपैयाँमा किनबेच भइरहेको छ । 

किवी र आभोकाडो ६५० रुपैयाँ, अदुवा ३१२ रुपैयाँ, अकबरे खुर्सानी १९० रुपैयाँ, भेडे खुर्सानी ५४ रुपैयाँ, हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन २३५ रुपैयाँ, नेपाली सुकेको लसुन १६५ रुपैयाँ, सुकेको छ्यापी १२६ रुपैयाँ ६७ पैसा, रहु माछा ३२१ रुपैयाँ ६७ पैसा, छडी र बचुवा माछा २५० रुपैयाँ र मुंगरी ताजा माछा ३३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।