image
image

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, ४, असार । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले ६ वर्षे अवधिका लागि विकास ऋणपत्र २०८६ ‘ङ’ बिक्री गर्ने भएको छ । त्यसको लागि असार ५ गते बोलकबोल हुने छ ।

उक्त विकास ऋणपत्रमा बंैक तथा वित्तीय संस्था, गैर–बंैक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल मार्फत खरिद गर्न सक्नेछन् । यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुनेछ । ५ गते बोलकबोल हने छ भने ५ गते निष्कासन हुने छ । यसको साँवा भुक्तानी २०८६ असार ६ गते हुुनेछ । ब्याज अर्धबार्षिक रुपमा हुने छ । ब्याजमा भने ब्याजकर लाग्ने छ ।

प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात.८ अर्ब ५० करोड र
१ अर्ब ५० करोड छुट्याइएको । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।