image
image

शेयर बजार सामान्य घट्याे, ४ अर्ब ७४ कराेड रुपैयाँकाे काराेबार

काठमाडौँ, ४, असार । हिजाे (आइतवार) उच्च अङ्कले बढेकाे शेयर बजार आज (साेमवार) भने सामान्य घटेकाे छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेकाे छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहकाे शेयर घटेकाेमा बिमा, हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, माइक्राेफाइनान्स र जलविद्युत् समूहकाे शेयर उच्च अङ्कले घटेकाे छ ।

आज दुई सय ७६ वटा कम्पनीका एक कराेड २९ लाख कित्ता शेयर चार अर्ब ७४ कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सकाे २९ कराेड ८२ लाख रुपैयाँ बराबरकाे शेयर किनबेच भयाे ।

आज युनिक नेपाल लघुवित्तकाे शेयर १० प्रतिशतले घटेकाे छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी, वीपीडब्ल्यू लघुवित्त र मेन्छ्याम हाइड्राेपावरकाे शेयर १० प्रतिशतले बढेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।