image
image

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौँ, ५, असार । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । आजको मूल्यसूची तय गर्दै महासंघले हिजो सोमबारको तुलनामा सुनचाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । हिजो सोमबार सुनको भाउ स्थिर रहँदै आइतबारकै मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । हिजो सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।