image
image

तरकारी तथा फलफूलको आजको मूल्य कति ?

काठमाडौँ, १४, असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

सार्वजनिक मूल्यसूचीअनुसार लोकल गाँजर प्रतिकेजी न्यूनतम मूल्य १०० रुपैयाँ, भारतीय प्याज मूल्य ३४ रुपैयाँ, घिउ सिमी लोकल १००, कुरिलो प्रतिकेजी २००, काउली स्थानीय प्रतिकेजी ५० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेँडा ठूलो ६०, टनेल गोलभेडा सानो १९, लौका ८० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २५० रुपैयाँ, ब्रोकाउली ६०, कागती १५० रुपैयाँ, तोरीको साग ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, लोकल काँक्रो ६०, गुन्द्रुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १२०, अनार ३८० रुपैयाँ, एभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५२०, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा (मुङ्ग्री) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनियाँ १००, लोकल लिच्ची १२०, खुर्सानी सुकेको ४५०, लसुन १५०, चाइनिज लसुन २२०, छ्यापी सुकेको १३० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।