image
image

शेयर बजारमा २३ अर्बको कारोबार

काठमाडौँ, १४, असार । यो साता शेयर बजारमा उत्साह देखियो । साताको चार दिनको कारोबारमा २३ अर्ब २ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो । यद्यपि दैनिक औसत ५ अर्बभन्दा बढीको कारोबार भयो ।

अन्य दिनमा पाँच कारोबार दिन भए पनि यो साता बिहीबार सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमा सीमित भयो । साताको पहिलो कारोबार (असार १०) साताकै उच्च कारोबारको रुपमा दर्ज भयो । यस दिन ६ अर्ब ४३ करोड १४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

६२.२१ अंकले बढेको बजार २११७.७३ विन्दुमा अडियो । अन्य दिनमा भने ५ अर्बभन्दा बढीको कारोबार भयो । यही साता बजारले २२ सयको विन्दूसमेत पार गरेको थियो । बुधबार कारोबार सुरु भएलगत्तै २२०० को विन्दू पार गरेर बजार २१०० मा फर्किएको थियो ।

बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि यस दिन साताकै दोस्रो बढी कारोबार भएको हो । केही दिनयता शेयर बजारले सकारात्मक प्रतिक्रिया दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।