image
image

उच्च अंकले घट्यो नेप्से, कारोबार रकम ५ अर्बभन्दा बढी

काठमाडौँ, १७, असार । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से ५३.७० अंकले घटेको छ। यस दिन नेप्से २.५० प्रतिशतले घटेर २०९७.२९ बिन्दुमा पुगेको छ।आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ५ अर्ब ८ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँमा सीमित भएको छ।

यस दिन २८६ वटा धितोपत्रको १ करोड १३ लाख २३ हजार १८३ कित्ता सेयर किनबेच भएको हो। आइतबार बिपिडब्ल्यू लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४१३ रुपैयाँ ५० पैसा पुगेको छ।यस्तै, सिटी होटलको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६२ रुपैयाँ ७० पैसा पुगेको छ। 

यसैगरी, सेयरमूल्य सर्वाधिक घट्नेमा सृजनशिल लघुवित्त रहेको छ। कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले घटेर प्रति कित्ता मूल्य १ हजार १२९ रुपैयाँमा सीमित भएको छ।

यस्तै, माउन्टेन इनर्जीको सेयर मूल्य ९.१२ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ९३६ रुपैयाँमा झरेको छ। आइतबार हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता ५४९ रुपैयाँमा ४२ करोड ५६ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६० प्रतिशत घटेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ६०७ रुपैयाँमा २७ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक ४.७५ प्रतिशतले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।