image
image

९ हजार ५ सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ, १७, असार । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत ९ हजार ५ सय ९० जना कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । 

सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिससहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाएकाे छ । 

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम सम्पत्ति विवरण पेस नगर्ने ९ हजार ५ सय ९० जना पदाधिकारी एवं कर्मचारीलाई राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावली, २०६५ को नियम १० (२) कमोजिम पाँच हजार जरिबाना समेतका लागि आयोगलाई पत्रलेखेर पठाइएको सतर्कता केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

निजामती कर्मचारीका ३ हजार ४ सय ५३, नेपाल प्रहरीका १ सय १३, शिक्षक १ हजार १ सय ५८, राजनीतिक नियुक्ति तथा करारतर्फका १ हजार ९ सय २२ जना कर्मचारी रहेका छन् ।

यसैगरी,  प्रदेशतर्फका १ हजार २७ तथा पालिकाका १ हजार  ९ सय १७ जनाले सम्पत्ति विवरण बुझाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।