image
image

शेयर बजार झन्डै १३ अङ्कले बढ्यो

काठमाडौँ, १९, असार । हिजो साेमवार उच्च अङ्कले घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० विन्दुमा पुगेकाे छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकममा भने निकै कमी आएको छ । आज दुई सय ८२ वटा कम्पनीका ६४ लाख ५० हजार कित्ता शेयर किनबेच भए । हिजो चार अर्ब पाँच करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख रुपैयाँको शेयर किनबेच भयो । सबैभन्दा धेरै सिटी होटलको शेयर १० प्रतिशत तथा मानुषी लघुवित्त र सिङ्गटी हाइड्रोको शेयर पाँच प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै बीपीडब्ल्यू लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।