image
image

नेपालले ११ महिनामा निर्यात गर्‍यो सवा २ अर्बको चाउचाउ र पास्ता

काठमाडौँ, २०, असार । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २ अर्ब बढीको चाउचाउ तथा पास्ता निर्यात गरेको छ ।

नेपालले चालु आर्थिक वर्षको जेठसम्ममा २ अर्ब ११ करोड २४ लाख ४१ हजार रुपैयाँको ७२ लाख ३ हजार ४४५ केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ ।

नेपालले गत वर्षको सोही अवधिमा १ अर्ब ६६ करोड ४७ लाख १४ हजार रुपैयाँको निर्यात गरेको थियो । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको ११ महिनामा पास्ता तथा चाउचाउको निर्यात २६.९ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांक छ ।

नेपालको पास्ता तथा चाउचाउ विशेषगरी भारतमा निर्यात हुँदै आएको छ । त्यसबाहेक अन्य तेस्रो मुलुकमा पनि नेपाली चाउचाउ तथा पास्ताको उच्च माग भएको देखिएको छ ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २ अर्ब बढीको चाउचाउ तथा पास्ता निर्यात गरेकोमा भारतमा मात्रै ९६ करोड ५५ लाख रुपैयाँको ५१ लाख २७ हजार केजी चाउचाउ तथा पास्ता निर्यात गरेको छ । भारतपछि चीनमा ५० करोड ९० लाख ९० हजार रुपैयाँको ६९ हजार केजी निर्यात भएको छ ।

त्यसबाहेक अष्ट्रेलिया र अमेरिकामा नेपाली चाउचाउ र पास्ता उच्च निर्यात हुँदै आएको छ । नेपालले ११ महिनाको अवधिमा २१ करोड ९९ लाख रुपैयाँको ६ लाख ६२ हजार केजी निर्यात गरेको छ ।

सो अवधिमा अमेरिकामा १८ करोड ५९ लाख रुपैयाँको ६ लाख २० हजार केजी निर्यात भएको छ । त्यस्तै, नेपालबाट ११ महिनाको अवधिमा ३९ लाख रुपैयाँको भुटान, १ करोड ४१ लाख रुपैयाँको क्यानाडा, ३३ लाख रुपैयाँको हङकङ, २ करोड ९६ लाख रुपैयाँको इटली चाउचाउ तथा पास्ता निर्यात भएको छ ।

त्यस्तै ८ करोड २५ लाख रुपैयाँको जापान, ४३ लाख रुपैयाँको दक्षिण कोरिया, २ करोड ७३ लाख रुपैयाँको मलेसिया, १० लाख रुपैयाँको माल्टा, ९९ लाख रुपैयाँको कतार, ३३ लाख रुपैयाँको सिंगापुर, १ करोड ३५ लाख रुपैयाँको युएई, २ करोड ९८ लाख रुपैयाँको बेलायत र ७१ लाख रुपैयाँको यमनमा निर्यात गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।