image
image

यस्तो छ आज फलफूल तथा तरकारीको आजको मूल्य

काठमाडौँ, २१, असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठुलो नेपाली गोलभेँडा, लौका, घिरौँला, पालूगो साग र मालदह आँप प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेँडा १७ रुपैयाँ ५० पैसा, टनेल गोलभेँडा ४२ रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, रातो आलु, रुख कटहर र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँ, भारतीय रातो आलु ३४ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ५३ रुपैयाँ ४० पैसा  तोकिएको छ । 

यसैगरी, लोकल गाजर ९२ रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली (ज्यापु) र भेडे खुर्सानी ७५ रुपैयाँ, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसा, लोकल सेतो मूला १८ रुपैयाँ ३३ पैसामा कारोबार हुँदा लाम्चो भन्टा र झिगूनी प्रतिकेजी ६५ रुपैयाँ, हाइब्रिड सेतो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी र तने बोडी १२५ रुपैयाँमा किनबेच भएको छ । 

मकै बोडी १०५ रुपैयाँ, लोकल घिउ सिमी १२५ रुपैयाँ, टाटे सिमी १४५ रुपैयाँ, भटमासकोशा ९६ रुपैयाँ ६७ पैसा, तितो करेला ११० रुपैयाँ, परवर, गान्टे मूला, चुकन्दर र इस्कुस ७६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

त्यस्तै, पाकेको फर्सी ४३ रुपैयाँ ३३ पैसा, भिण्डी १०५ रुपैयाँ, रायोको साग, न्युरो, हरियो प्याज, हरियो तरबुजा, लोकल नास्पाती र हरियो लसुन ८६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १७६ रुपैयाँ ६७ पैसा, डल्ले च्याउ ३२५ रुपैयाँमा खरिद बिक्री हुँदा कुरिलो २३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली र रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, पार्सले २३५ रुपैयाँ, पुदिना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ तोकिएको छ । 

यसैगरी, फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४२५ रुपैयाँ, कालो अङ्गुर ५७५ रुपैयाँ, भुईँ कटहर १९० रुपैयाँ, लोकल काँक्रो ९२ रुपैयाँ, लोकल लिची १४५ रुपैयाँ, किवी ८५० रुपैयाँ, आभोकाडो ५७५ रुपैयाँ, अदुवा ३०० रुपैयाँ, भेडे खुर्सानी ७५ रुपैयाँ र हरियो धनियाँ १७५ रुपैयाँ पर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।