image
image

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ, २१, असार । विदेशमा रहेका नेपाली श्रमिकलले अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको आईपीओ भर्ने आज असार २१ गते अन्तिम दिन रहेको छ। स्थानीयका लागि भने यो आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ। 

कम्पनीले असार ७ गतेदेखि आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका नेपाली श्रमिकले यो आईपीओमा आज बैंकिङ समयसम्म यो आईपीओमा आवेदन दिन पाउनेछन्। स्थानीयका लागि भने साउन ५ गतेसम्म आवेदन दिन पाउने गरी म्याद थप गरिएको छ।

नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ बिक्री खुला गर्न अनुमति दिएको छ। जसमा कम्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ५ करोड ९ लाख ८० हजार रुपैयाँबराबरको अर्थात १०० अंकित दरका कुल ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको हो। 

स्थानीयका लागि जारी आईपीओमा २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा दैलेखको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका–३ का बासिन्दाले आवेदन दिन पाउनेछन्। बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका–३ बाहेक दैलेख जिल्लावासीले खरिद आवेदन दिन पाउनेछन्। 

यसैगरी कम्पनीले जारी पुँजीको ३९ प्रतिशत अर्थात् १९ लाख ८८ हजार २३६ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ। त्यसमा १० प्रतिशतले हुन आउने १ लाख ९८ हजार ८२४ कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको छ। 

यो आईपीओमा स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकले न्यूनतम १० कित्तादेखि अधिकतममा २५ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। 

स्थानीयले आयोजनास्थल (नौमुले बजार), दैलेखस्थित एनआईसी एसिया बैंक (नयाँबजार), ग्लोबल आइएमई बैंक (देवकोटा चोक) र प्रभु बैंक (नयाँबजार)बाट  आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि जारी आईपीओको बिक्री बन्द छिटोमा असार २१ गते र ढिलोमा साउन ५ गते हुनेछ। 

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असार २१ गतेसम्म आवेदन दिन पाउनेछन्। 

अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।