image
image

शेयर बजार २८ अङ्कले बढ्यो, तीन अर्ब चार करोड रुपैयाँको कारोबार

काडमाडौँ, २४, असार । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर सामान्य बढेको छ । आज रावा इनर्जी कम्पनीको शेयर १० प्रतिशत तथा सिटी होटलको शेयर साढे नौ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको शेयर साढे छ प्रतिशत र बीपीडब्ल्यू लघुवित्तको शेयर साढे चार प्रतिशतले ओरालो लागेको छ ।

आज दुई सय ८७ वटा कम्पनीको शेयर ८३ लाख ५२ हजार कित्ता शेयर तीन अर्ब चार करोड २५ लाख रुपैयाँमा किनबेच काराेबार भएका छन् । सबैभन्दा धेरै हिमालयन लाइफ इन्सुरेन्सको १८ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।