image
image

आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौँ, २५, असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिको मूल्यसूचीअनुसार आज बजारमा औसत मूल्य प्रतिकेजी १३ रुपैयाँदेखि ८५० रुपैयाँसम्मका तरकारी र फलफूल किनबेच भइरहेको छ । जसमा आज लोकल बन्दा सबैभन्दा सस्तो प्रतिकेजी १३ रुपैयाँ र किवि प्रतिकेजी ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै,  नेपाली गोलभेँडा, भटमासकोशा, तितो करेला र भिण्डी प्रतिकेजी ९५ रुपैयाँ, लोकल सानो गोलभेँडा २५ रुपैयाँ, सानो टनेल गोलभेँडा ४० रुपैयाँ, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ रहेको छ ।

यसैगरी, मुडेको रातो आलु ३९ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ ५० पैसा, सुकेको प्याज (भारतीय) ५३ रुपैयाँ २५ पैसा, लोकल गाजर ९६ रुपैयाँ, स्थानीय काउली र झिगूनी प्रतिकेजी ७५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ८६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, लौका र पालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, तने बोडी र घिउ सिमी प्रतिकेजी ११० रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।